SEE Result 2082

प्रवेश पत्र सुरक्षित राख्न शिक्षक सेवा आयोगको निर्देशन

शिक्षक सेवा आयोगले आगामी भदौ २३ गते सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा प्रवेश पत्र सुरक्षित राख्न सूचित गरेको छ ।

आयोगले वैशाख ३१ गते प्रकाशन गरेको सूच्ना अनुसार आवेदन दिने परीक्षर्थीलाई प्रवेश पत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न सूचित गरेको हो ।

उम्मेदवारले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ बाट दरखास्त फाराम रजिष्टर्ड गरिएको Email address र Password बाट Login गरी दरखास्त पेस गरेको विवरणमा click गरी पुनः view मा click गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिने  सूचनामा उल्लेख गरेको छ ।

परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र (नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहादानी)अनिवार्य रुपमा साथमा ल्याउन समेत निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal