SEE Result 2082

एसईई नतिजा सार्वजनिक भएको १५ दिन सम्म कक्षा ११ मा भर्ना लिन विद्यालयलाई निर्देशन

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको १५ दिन सम्ममा कक्षा ११ मा भर्ना गर्ने समयतालिका मिलाउन काठमाडौं महानगरपालिकाले विद्यालयलाई निर्देशन दिएको छ ।  माध्यमिक तह कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने सवै शिक्षण संस्थालाई एसईई नतिजा सार्वजनिक भएको १५ दिनको म्याद राखेर भर्ना आव्हान गर्न निर्देशन दिएको छ ।

विगतमा शिक्षण संस्थाले फरकफरक तरिकाले भर्ना गर्ने चलन रहेको र विद्यार्थी भर्ना हुने अवसरबाट बञ्चित हुने गरेको भन्दै यस्तो निर्देशन दिएको हो ।

देशभरका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोका सम्बन्धमा काठमाडौं महानगरपालिका, शिक्षा विभागको ध्यानाकर्षण भएको जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal