SEE Result 2082

धनगढीमा अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई कारबाही गर्न निर्देशन

धनगढी उपमहानगरपालिका, कैलालीले अध्यापन अनुमति पत्र नभएका व्यक्तिलाई अध्यापन कार्यमा लगाइएको भएमा नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी १० गतेभित्र अवकास गर्न सबै विद्यालयलाई निर्देशन दएको छ ।

उपमहानगरपालिकाले शिक्षा विकास तथा समन्वय इकाइ, कैलालीको पत्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र अनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

 सो संग सम्लग्न उजुरी एवम् आयोगको कार्यालय निर्देशानुसार सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यापनरत शिक्षकको विवरण सङ्कलन गरी पढाउन निर्देशन दिएको छ ।

अनुमति पत्र नभएका व्यक्ति कार्यरत देखिएमा नियमानुसार कारवाही गरी वा गर्न लगाई सो को स्पष्ट विवरण यस एकाइमा समेत उपलब्ध गराउन निर्देशन भएको हुनाले उपमहानगरपालिकाले यस्तो निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal