SEE Result 2082

ससर्त अनुदानको बजेट रकमान्तर नगर्न विद्यालयलाई निर्देशन

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट सःसर्त अनुदानको रकमान्तर नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।

केन्द्रले सूचना जारी गर्दै बजेट खर्च गर्दा स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा उल्लेख भए बमोजिम गर्न सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको हो ।

 केद्रले जारी गरेको सूचनामा विद्यालयहरूले छात्रवृत्ति र दिवा खाजा शीर्षकमा प्राप्त भएको रकम विनियोजित शीर्षकभन्दा बाहिर गई निजी स्रोतका शिक्षकहरूको पारिश्रमिकमा खर्च गरेको भन्ने जानकारी अनुसार बजेट खर्च गर्दा कार्यान्वयन पुस्तिकामा उल्लेख भएबमोजिम गर्न निर्देशन दिएको छ।

यस विषयमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गम्भीर ध्यानाकर्षण भएको भन्दै छात्तवृत्ति, दिवा खाजा र निःशुल्क पाठ्यपुस्तक लगायतका विभिन्न शीर्षकमा खास प्रयोजनका लागि सःसर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई प्राप्त हुने रकम तोकिएको शीर्षकभन्दा बाहिर गई निजी स्रोतका शिक्षकहरूको तलबभत्ता लगायत अन्य शीर्षकमा भुक्तानी दिने कार्य प्रचलित कानुन र स्वीकृत आधार तथा मापदण्ड विपरीत हुने जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal