SEE Result 2082

केन्द्रको अनुदान शिक्षक नियुक्त नगर्न निर्देशन, पालिकाद्वारा विज्ञापन

महोत्तरीको गौशला नगरपालिकाले करारमा ५७ जना शिक्षक नियुक्त गर्ने तयारी गरेको छ । नगरपालिकाले करारमा शिक्षक नियुक्तिका लागि साउन २९ गतेसम्ममा  आवेदन दिनुपर्ने गरी विज्ञापन गरिसकेको छ ।

तीनै तहको शिक्षक नियुक्तिका लागि नगरपालिकाले गरेको विज्ञापन अनुसार माध्यमिक तहमा अङ्ग्रेजी, गणित, विज्ञान,सामाजिक, नेपाली र लेखा विषयका लागि १८ जना, निम्नमाध्यमिक तहका लागि अङ्ग्रेजी, गणित, विज्ञान,सामाजिक, नेपाली र कम्प्युटरका लागि २९ जना र प्राथमिक तहका लागि १० जना शिक्षकको विज्ञापन गरेको छ ।

नगरपालिकाको सम्झौता अनुसार पारिश्रमिक दिने गरी नियुक्त गर्न लागिएको शिक्षक व्यवस्थापन गौशला  नगरपालिकाको शिक्षण सहयोग अनुदान सम्बन्धी कार्यविधि, २०७८ वा कानुन कमोजिम हुने भनिएको छ । 

यस विषयमा नगरपालिकाका शिक्षा शाखा प्रमुख संजयकुमार सिंहले पालिकाको आन्तरिक स्रोतबाट नै शिक्षक नियुक्त गर्न लागिएको जानकारी दिए । उनले फोन सम्पर्कमा राम्रो कुरा गर्न नमाने पनि पालिकाले शिक्षक नियुक्तिका  लागि बजेट विनियोजन गरिसकेको जानकारी दिए । 

पालिकाको गोप्य सूत्रका अनुसार, पालिकाले केन्द्रको अनुदानमा  नै शिक्षक नियुक्त गर्न लागेको हो ।  ‘करारमा  शिक्षक तथा प्रशासनमा  धेरै कर्मचारी नियुक्त गर्न लागिएको छ, पालिकाकै आन्तरिक स्रोतले शिक्षक कर्मचारीलाई पाल्न सक्ने अवस्था छैन’ नाम नलेख्ने शर्तमा पालिकाका एक कर्मचारीले भने, ‘त्यसैले शिक्षक केन्द्रकै अनुदान रकममा  नियुक्त गर्न लागिएको हो । केन्द्रले अनुदानमा शिक्षक नियुक्त नगर्न निर्देश दिइसकेको छ तर पालिकाले यस विषयमा छलफल गरेको छैन  ।’

यता शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने अनुदानमा  नयाँ शिक्षक नियुक्त नगर्न सबै पालिकालाई निर्देशन दिइसकेको छ ।

केन्द्रले विद्यालय शिक्षा क्षेत्र योजना तर्फ सशर्त अनुदानको रुपमा वित्तीय हस्तान्तरण भई स्थानीय तह मार्फत कार्यान्वयन हुने गरी  स्वीकृत भएको माध्यमिक तह कक्षा (९-१०) मा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान र आधारभूत तह कक्षा (६-८) मा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा शिक्षण सहयोग अनुदान शिर्षकको कार्यक्रममा अर्को व्यवस्था नभएसम्मका लागि गत आव २०७८ –७९ को स्वीकृत बजेट र अनुदान कोटा भन्दा बढी शिक्षक नियुक्ति नगर्ननगराउन साउन १५ को निर्णय अनुसार  निर्देशन दिइसकेको जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal