SEE Result 2082

सबै  विद्यालयलाई  सूचना अधिकारीको विवरण १४ गते भित्र पठाउन निर्देशन

काठमाडौं महानगरपालिका सबै  सामुदायिक तथा संस्थागत विद्यालयलाई  सूचना अधिकारीको विवरण १४ गते भित्र पठाउन निर्देशन दिएको छ ।

महानगरपालिका कानुन तथा मानव अधिकार विभागको चनं २३५, जेठ ६ गतेको पत्रानुसार काठमाडौ महानगरपालिका सञ्चार तथा सूचना ऐन, २०८० बमोजिम सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा  शैक्षिक संघ संस्थालाईलाई विवरण पठाउन निर्देशन दिएको हो ।

संस्थाको दोस्रो जिम्मेवारीमा रहेको व्यक्तिलाई सूचना अधिकारी तोकी सोको विवरण (शैक्षिक संस्थाको नाम, सूचना अधिकारीको नाम, सम्पर्क नम्बर, ईमेल ठेगाना, सूचना अधिकारी उपर गुनासो गर्ने पहिलो कार्यकारी भूमिकामा रहेको व्यक्तिको नाम र सम्पर्क नम्बर समेत) उपलब्ध गराउन निर्देशन दिएको छ ।

महानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण विद्यालयहरुले सूचना अधिकारी तोकेको भए सोको विवरण र सूचना अधिकारी नतोकेको भए नियमानुसार यथाशिघ्र सूचना अधिकारी तोकि सोको विवरण विद्यालयको पत्रमा उल्लेख गरी सात दिनभित्र शिक्षा विभागको सहायक सूचना अधिकारीलाई पठाउन निर्देशन दिएको हो ।

साथै विद्यालयमा सूचना अधिकारीको नाम, पद, सम्पर्क नम्बर, इमेल ठेगाना र फोटोसहितको फ्लेक्स सबैले देख्ने स्थानमा टाँस्न समेत निर्देशन दिएको छ ।

भोलि सम्ममाविवरण उपलब्ध गराउन महानगरले विद्यालयलाई निर्देशन दिएको हो । तर अधिकांश विद्यालयले आज कार्यालय समयको अन्त्यतिर मात्र सूचना पाएको जानकारी दिएका छन् ।

+2 School
Counseling
Bachelors Portal