SEE Result 2082

मलेप फाराम प्रमाणित गरेर मात्र एसईईमा प्रयोग गर्न निर्देशन

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा  (एसईई) मा मलेप फाराम निरीक्षकबाट प्रमाणित गराएर मात्र प्रयो गर्नु पर्ने भएको छ ।

ऐच्छिक द्वितीय पत्र कार्यालय सञ्चालन तथा लेखा विषयको परीक्षामा प्रयोग हुने फाराम विद्यार्थी आफैंले ल्याउन सक्ने भए पनि अनिवार्य हस्ताक्षर गराउनु पर्ने भएको हो ।

बोर्डले सबै शिक्षा विकास तथा समन्वय इकाइ र  सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।

यस वर्षको एसईई आगामी चैत्र १२–२६ गते आइतवार सम्म सञ्चालन हुने भएको छ ।

+2 School
Counseling
Bachelors Portal