SEE Result 2082

नयाँ सम्बन्धन पाएका शिक्षण संस्थालाई धरौटी जम्मा गर्न निर्देशन (सम्बन्धन प्राप्त शिक्षण संस्थासहित)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्,(सीटीईभीटी) ले  नयाँ सम्बन्ध पाएका शिक्षालयलाई धरौटी रकम जम्मा गर्न सूचना जारी गरेको छ ।

सीटीईभीटीले सूचना जारी गर्दै सीटीईभीटीको साउन २२ गते बसेको २०० औँ बैठकको निर्णय नं ११४२ क, ख र ग बमोजिम सम्बन्धन र स्वीकृती पाएका संस्थालाई धरौटी रकम जम्मा गर्न सूचित गरेको हो ।

बैठकको निर्णय बमोजिम तीन वर्षे प्रमाण–पत्र तथा डिप्लोमा तहका विभिन्न कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिएको थियो । परिषद्को आर्थिक प्रशासन सम्बन्धी विनियमावली संसोधन सहितको विनियम १३६ को उपविनियम १ सँग सम्बन्धित अनुसूची २१ मा तोकिएको धरौटी एवं सम्बन्धन शुल्क राष्ट्रिय वाणिज्य बैंक सानोठिमी शाखा स्थित परिषद् कार्यालयको खाता नं १७३०१०००००००३००६ मा धरौटी (थप कार्यक्रम भएमा प्रति कार्यक्रम रु. पाँच लाखका दरले र नयाँ संस्था भएमा एउटा कार्यक्रमको रु. १०, लाख र प्रति थप कार्यक्रमको रु पाँच लाखका दरले हुन आउने रकम ) र सम्बन्धन शुल्क (थप कार्यक्रम भएमा प्रति कार्यक्रम रु दुई लाख पचास हजार र नयाँ संस्थाको हकमा एउटा कार्यक्रमको रु पाँच लाख र थप कार्यक्रम भए प्रति कार्यक्रम रु दुई लाख पचास हजार) का दरले हुन आउने रकम जम्मा गर्न सूचना जारी गरेको हो ।

उक्त बैठकले विभिन्न ४७ वटा शिक्षण संस्थालाई सम्बन्धन दिने निर्णय गरेको थियो । अदालतको आदेश लिएका १३ वटा र नियमित प्रक्रियामा रहेका २९ वटा संस्थालाई सम्बन्धन दिने सो बैठकले निर्णय गरेको थियो ।

सम्बन्धन पाएका शिक्षण संस्थाहरू

 

+2 School
Counseling
Bachelors Portal