SEE Result 2082

९ जिल्लाका विद्यालयको बेरुजु रकम राजस्व खातामा जम्मा गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक निर्माणका लागि प्रदान गरेको रकम परिचालन नगर्ने विद्यालयलाई रकम फिर्ता मागेको छ ।

धादिङ, बारा, पर्सा, पाल्पा, स्याङजा, तनहु, कास्की, मोरङ, सुनसरी जिल्लामा पूर्वाधार विकासका लागि आर्थिक वर्ष ०७५–७६ मा निकासा गरिएको रकम फिर्ता माग गरेको हो ।

साविक शिक्षा विभागबाट प्रदान गरिएको रकम हालसम्म पनि भौतिक निर्माणको काम नभई बैक खातामा जम्मा रहेकोले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार काठमाडौको गत असोज ४ को पत्र तथा नेपाल सरकार (सचिव स्तरीय) निर्णयानुसार उक्त रकम नेपाल सरकारको बेरुजु खाता (राजस्व शिर्षक नं.१५१११) मा जम्मा गरी शिक्षा विकास तथा समन्वय इकाईमा सक्कल भौचर बुझाउन सबै विद्यालयलाई निर्देशन दिइएको केन्द्रका लेखा अधिकृत लक्ष्मण पोखरेलले जानकारी दिए । सम्बन्धित इकाईलाई रकम जम्मा गराउन पत्राचार गरिसकिएको अधिकृत पोखरेलले बताए ।

+2 School
Counseling
Bachelors Portal