SEE Result 2082

विद्यालय व्यवस्थापन समिति गठन गर्न निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखा) ले म्याद सकिएका र प्रक्रिया नपुगि गठन भएका विद्यालय व्यवस्थापन समितिलाई शिक्षा नियमावलील व्यवस्थापन गरेको नियम अनुसार गठन गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।

म्याद समाप्त भएको र नियमानुसार गठन नभएको विद्यालय व्यवस्थापन समितिबाट हुने निर्णयहरु नियमसंगत नहुने भएकोले तोकिएको म्याद भित्र नै विद्यालय व्यवस्थापन समितिको गठन गर्ने व्यवस्था मिलाउन केन्द्रले आज एक सूचना जारी गरी निर्देशन दिएको हो ।

सामुदायिक विद्यालयको सञ्चालन, व्यवस्थापन तथा रेखदेख गर्ने प्रयोजनको लागि गठित विद्यालय व्यवस्थापन समितिको प्रचलित कानुन बमोजिम म्याद समाप्त भइसकेको भए शैक्षिक शत्र शुरु भए पछि प्रचलित कानुनमा उल्लेख भए बमोजिम म्याद भित्र विद्यालय व्यवस्थापन समितिको गठन गर्न आवश्यक सहजीकरण गर्ने व्यवस्थाको लागि केन्द्रले एकाइलाई निर्देशन दिएको निर्देश्न बसन्तप्रसाद कोइरालालद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal