SEE Result 2082

सहिद तथा द्धन्द्धपीडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति प्रदान गर्न निर्देशन (विस्तृत विवरणसहित)

सहिद तथा द्धन्द्धपीडित परिवारका छोराछोरीहरुलाई छात्रवृत्ति वितरण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

सहिद तथा द्धन्द्वपीडित परिवारका छोराछोरीहरुलाई विगत वर्षदेखि प्रदान गर्दै आएको छात्रवृत्ति कार्यक्रम विद्यालय क्षेत्र विकास कार्यक्रमले तय गरे अनुसार प्रदान गर्न निर्देशन दिएको हो ।

सहिदका छोराछोरीहरुका लागि छात्रवृत्ति र द्धन्द्धपीडित छात्रवृत्ति (गैर आवासीय) विभिन्न जिल्लाहरुबाट थप माग भए वमोजिमको छात्रवृत्ति का लागि जिल्लामा रकम प्रदान गरिसकिएको हुनाले इकाइलाई प्रक्रिया पुर्याएर प्रदान गर्न निर्देश्न दिइएको केन्द्रका डा. दिव्या दवाडीद्वारा आज प्रकाासित सूचनामा उल्लेख गरिएको छ ।

आर्थिक सर्वेक्षण २०७७–०७८ अनुसार आर्थिक वर्ष २०७६–७७ मा ३२ लाख ८८ हजार ९ सय २४ विद्यार्थीहरूलाई विपन्न परिवार लक्षित छात्रवृत्ति प्रदान गरिएको थियो । आर्थिक वर्ष २०७७–७८ मा विद्यालयमा अध्ययन गर्ने शहिदका छोराछोरी, द्वन्द्वपीडित बालबालिका, दलित, अति सीमान्तकृत तथा लोपोन्मुख जनजातिका सन्ततिलाई छात्रवृत्ति, आधारभूत तहमा अध्ययनरत छात्रा तथा आधारभूत र माध्यामिक तहका दलित लगायतका २६ लाख ४ हजार २ सय ६२ विद्यार्थीरुलाई विपन्न परिवार लक्षित छात्रवृत्ति प्रदान गरिएको छ।

माध्यमिक तहमा विपन्न लक्षित छात्रवृत्ति वितरणलाई निरन्तरता दिई कक्षा ११ र १२ मा विज्ञान विषय पढ्न थप प्रोत्साहन हुनेगरी छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

छात्रवृत्ति वितरणबाट विद्यार्थीको समतामूलक पहुँच विस्तार, टिकाउदरमा सुधार र उनीहरूलाई गुणस्तरयुक्त सिकाइको अवसर उपलब्ध गराई गराउने लक्ष्यका साथ सरकारले प्रदान गर्दै आएको छ ।

+2 School
Counseling
Bachelors Portal