SEE Result 2082

आज कार्यालय समयभित्र विद्यालय कर्मचारीको नपुग तलब विवरण पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करारमा कार्यरत विद्यालय कर्मचारी र कार्यालय सहयोगीको नपुग तलबको विवरण पठाउन ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ । 

इकाइको स्वीकृत दरबन्दी अन्तर्गत करारमा नियुक्ति भइ कामकाग गर्दै आएका कर्मचारीको तलब नपुग हुने भएमा आज कार्यालय समयभित्र आइपुग्ने गरी पठाउन आग्रह गरिएको छ ।

कार्यालय सहयोगी र सवारी चालकको चालु आर्थिक वर्ष २०७९–८० मा वृद्धि भएको तलबभत्ता तथा स्थायी कर्मचारी अवकाश भइ करारमा नियुक्ति पाएका कर्मचारीहरुको तलबभत्ता नपुग हुने भएमा सो को व्यवस्थाका लागि विवरण माग गरिएको केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal