SEE Result 2082

विज्ञापन गरिएका शिक्षक दरबन्दीको तहगत विवरण पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सात दिन भित्र शिक्षक सेवा आयोगले विज्ञापन गरेका शिक्षकहरुको स्थानीय तहगत विवरण सात दिन भित्र पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

 केन्द्रले यस अघि आयोगमा विज्ञापनको लागि पठाइएको तहगत दरबन्दीमा फरक नपर्ने गरी विवरण पठाउन निर्देशन दिएको हो ।

प्रत्येक जिल्लाबाट पठाएको २०७८ चैत्र मसान्त सम्मको रिक्त दरबन्दी विवरण विज्ञापनको लागि आयोगमा पठाइसकिएको र सोही आधारमा आयोगले विज्ञापन गरेको हुँदा उक्त दरबन्दीमा केही समय पश्चात स्थायी शिक्षकहरुको पदस्थापना हुने भएकोले विवरण तत्काल पठाउन आज एक सूचना जारी गरी निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal