SEE Result 2082

पास भएका परीक्षार्थीको लाइसेन्स प्रमाणित गरिदिने एकाइलाई निर्देशन

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) उत्तीर्ण भएका उम्मेद्वारलाई तत्काल सेवा प्रवेशका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट प्रमाणित गराउने व्यवस्था गरेको छ ।

आयोगले हालै सार्वजनिक गरेको नतिजामा उत्तीर्ण उम्मेद्वारलाई सेवा प्रवेशका लागि आवश्यक भएमा प्रमाणित गर्न निर्देशन दिएको हो ।

उत्तीर्ण उम्मेद्वारलाई लाइसेन्स वितरण गर्न केही समय लाग्ने भए पछि यस्तो व्यवस्था गरेको छ ।

आयोगले सबै एकाइलाई निर्देशन दिँदै भनेको छ, ‘आयोगबाट प्रकाशित विज्ञापन नम्बर ४०–०८० निम्न माध्यमिक तह, अध्यापन अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशन गरिएकोमा उतीर्ण उम्मेदवारहरूको अध्यापन अनुमतिपत्र छपाई गरी वितरण गर्न केही समय लाग्ने भएकोले यदि कुनै उत्तीर्ण उम्मेदवारले कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने प्रयोजन खुलाई अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएको प्रमाणित गरिदिन निम्नलिखित कागजात समेत संलग्न राखी निवेदन दिएमा यस आयोगको वेबसाइटमा प्रकाशित नतिजासँग भिडाई न्यूनतम योग्यता पूरा भएको यकिन गरी अध्यापन अनुमति पत्र उत्तीर्ण भएको व्यहोरा अधिकृतस्तरको कर्मचारीवाट प्रमाणित गरी दिने व्यवस्था गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ।’

+2 School
Counseling
Bachelors Portal