SEE Result 2082

छ दिन हुदा सम्म पनि माग सुनुवाई हुन सकेनः सि.टि.इ.भि.टि.इ.

काठमाडौं । प्रविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् राष्ट्रिय कर्मचारी संगठन ले विभिन्न माग सहित धर्ना दिएको छ ।

 आज छ दिन हुदा सम्म पनि सम्वन्धित निकायले ध्यान दिएको छैन । संस्थागत हक, हित र कर्मचारीको वृत्ति विकासका सवालमा व्यावस्थापनसंग मौखिक  र लिखित माग राख्दै सहमति र सहकार्यमा  अगाडि बढ्दै आईरहेको छ ।


व्यावस्थापन पक्ष संग मिति र २०७६/०२/१३ गते गरेको सहमतिको कार्यान्वयन तथा मिति २०७६/०४/१५ गते पेश गरेको मागपत्र तथा २०७६/०५/१३ गते गरेको पुनः ध्यानाकर्षण तथा २०७६/०५/२२ गते गरिएको अल्टिमेटमको संम्वन्धमा परिषद् व्यावस्थापन संग विभिन्न मितिमा छलफल भएको छ । 

छलफलमा कर्मचारी संगठन को जायज मागलाई पुरा गर्नुको सट्टा ट्रेड यूनियनलाई अल्मल्याउने, संस्थागत सुधारको पक्षमा कुनैपनि काम नगर्ने, बर्तमान संविधानले सुनिश्चित गरेको संघियतालाई कार्यान्वयन गर्न विभिन्न वाहानामा आलटाल गरेको भन्दै कर्मचारी संगठन संघर्ष कार्यक्रमको घोषणा गरि धर्ना दिइएको हो । 

माग पुरा नभएसम्म धर्ना जारि रहने संगठनले जनाएको छ ।

मागहरु निम्न बमोजिम रहेका छन् ।

+2 School
Counseling
Bachelors Portal