SEE Result 2082

प्याब्सनमा १२ जना उपाध्यक्ष थपेर सहमति गरियो

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले १२ जना उपाध्यक्ष थप गरेर सहमतिका आधारमा नयाँ कार्यसमिति चयन गरेको छ ।

गत १४ औँ महाधिवेशनमा थपिएको सहअध्यक्ष पद १५ औँ महाधिवेशनबाट खारेज गरिएको छ भने वरिष्ठ उपाध्यक्ष पद समेत सहमतिका लागि हटाइएको छ । अब प्याब्सनमा २५ जना उपाध्यक्ष रहने भएका छन् ।

गत महाधिवेशनमा सहअध्यक्ष भएका डिके ढुङ्गाना नयाँ कार्यसमितिको अध्यक्ष भएका छन् । प्याब्सनको उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी, ईश्वरबहादुर गुरुङ, गोपाल आचार्य, टीआर ढकाल, आशिष श्रेष्ठ, दीपिका थापा, टङ्कबहादुर भट्टराई, नारायणप्रसाद घिमिरे, गोपाल कार्की, बीरबहादुर बुढाथोकी, जगदीश थापा, कुमार घिमिरे, किशोर गौतम, गोपेन्द्रकेशरी न्यौपाने, संगीता सिलवाल, राजकुमार दास, वासुदेव न्यौपाने, नवराज महत लगायत मनोनित भएका छन् ।

त्यस्तै महासचिवमा आरबी कटुवाल र कोषाध्यक्षमा सन्तोष न्यौपाने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

हिजोबाट सुरु भएको प्याब्सनको १५ औँ महाधिवेशन आज निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूरा गरी सम्पन्न भएको छ ।

+2 School
Counseling
Bachelors Portal