SEE Result 2082

सेनाद्वारा निर्मित पक्की मञ्च जनता माविलाई हस्तान्तरण

राजविराज, ३० वैशाख (रासस) : नेपाली सेनाको सहयोगमा निर्मित पक्की मञ्च सप्तरीको तरहीमा एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको भीमदल गणद्वारा निर्माण गरिएको उक्त पक्की मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

डाकनेश्वरी नगरपालिका–३ तरहीस्थित जनता माविको हाताभित्र निर्मित पक्की मञ्च भीमदल गणका प्रमुख सेनानी गुप्तबहादुर कँुवरले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभानन्द रायलाई एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले विकट क्षेत्रका बालबालिका शिक्षामा पछाडि परेकाले जनता माविलाई पक्की मञ्च निर्माण गरी हस्तान्तरण गरेको बताउनुभयो । 

नेपाली सेनाको वार्षिक कार्यक्रमअन्तर्गत भीमदल गणले सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ५० मुसहर बस्तीका लागि सामुदायिक भवन निर्माण, महदेवामा ४५० लाई खानेपानीको लागि डिप बोरिङ जडान तथा तिलाठी कोइलाडीमा स्वास्थ्य, विपद्सम्बन्धी जनचेतना तथा सांस्कृतिकजस्ता चेतनामूलक कार्यक्रम गर्दै आएको भीमदल गणका प्रमुख सेनानी कुँवरले जानकारी दिनुभयो ।

विसं २०११ मा स्थापना भएको उक्त विद्यालयमा हाल ६५० छात्रछात्रा अध्ययनरत छन् ।

+2 School
Counseling
Bachelors Portal