SEE Result 2082

शिक्षामा जापानी सहयोग बढ्ने विश्वास

काठमाडौँ, १५ साउन (रासस) ः शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको शिक्षामा जापानी सहयोग वृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । 

मन्त्री पोखरेल र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग गर्दै आएको जापानले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकोप्रति आभार प्रकट गर्नुभयो । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल तथा नेपालका लागि जापानी राजदुत मासामिचि साइगा बीच शिष्टाचार भेटवार्ता हुँदै । तस्वीर सौजन्य ः शिक्षामन्त्रीको सचिवालय


नेपालमा जापान सरकारको सहयोगमा सञ्चालित परियोजनामार्फत विद्यालय शिक्षा र विज्ञान तथा प्रविधिको क्षेत्रमा हुँदै आएको सहयोगका लागि उहाँले आभार व्यक्त गर्नुभयो । 

भेटमा जापानी राजदूत साइगोले नेपालको विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारको सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो । 

+2 School
Counseling
Bachelors Portal