SEE Result 2082

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक राष्ट्रपति

नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिए।

सङ्घका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधार बेगर मुलुकको हित हुँदैन भन्दै सङ्घीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पारेका थियो ।

सङ्घका अध्यक्ष पौडेलले राष्ट्रपति पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गरे भने सङ्घका महासचिव सोमनाथ गिरीले सम्मानपत्र वाचन गरेका थिए ।

+2 School
Counseling
Bachelors Portal