SEE Result 2082

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणका लागि छनोट परीक्षा आफैं लिने

काठमाडौं महानगरपालिकाले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति छनोट परीक्षा आफैं सञ्चालन गर्ने भएको छ ।

शैक्षिक सत्र २०८०-०८१ देखि कक्षा ११ मा निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्ति छनोट परीक्षा आफैं सञ्चालन गर्ने भएको हो ।

काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको छनोटको परीक्षा आफैं सञ्चालन गर्ने महानगरपालिका प्रमुख बालेन्द्र शाहले जानकारी दिएका छन् ।

‘काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति प्रदानका लागि परीक्षा आफै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

+2 School
Counseling
Bachelors Portal