SEE Result 2082

सीटीईभीटीले बढाएको शुल्क खारेज गर्न केसीको माग

डा गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले बढाएको शुल्क खारेज गर्न माग गरेका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै डा केसीले चिकित्सा शिक्षा आयोगको परामर्शविना सीटीईभीटीले यस्तो निर्णय गर्नु गलत र बदनियतपूर्ण रहेको भन्दै खारेज गर्न माग गरेका छन्।

सीटीईभीटीमा स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो निर्णय भएको उनको दाबी  छ। 

‘नियुक्तिमा दलीय भागवण्डाको विरोध गर्दै पदाधिकारी नियुक्तिका मापदण्डसहितको कानुनी व्यवस्थाको माग गर्दै हामीले लामो संघर्ष गरेका छौं। नियुक्तिमा स्वार्थको द्वन्द्व रोक्ने व्यवस्थाको माग पनि हामीले लगातार गरिरहेका छौं। तर कुनै पनि सरकारले अहिलेसम्म दलसम्बद्ध माफियाहरुको स्वार्थभन्दा माथि उठेर काम गर्न सकेका छैनन्।’ केसीले भनेका छन्।

साथै शुल्क बढाउने निणर्य तत्काल खारेज  नभए कुनै पनि बेला कडा आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने केसीले चेतावनी दिएका छन्।

+2 School
Counseling
Bachelors Portal