SEE Result 2082

भारतीय विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवश्यक परामर्श दिँदै कृष्णा फाउन्डेसन

मेरीटको आधारमा भारतीय दुतावासले प्रदान गर्ने सतप्रतिशत छात्रवृतिको बारेमा कृष्णा फाउन्डेसनले विद्यार्थीलाई आवश्यक परामर्श तथा सुझाब दिँदै आएको छ । फाउन्डेसनले भारतका उत्कृष्ट विश्वविद्यालय, कलेज र इष्टीच्यूट छान्न विशेष परामर्श दिँदै आएको हो ।

संस्थाका प्रतिनिधि आफै गएर सम्बन्धित शिक्षण संस्थाको पूर्वाधार, शिक्षाको गुणस्तर, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अनुभव र छात्रवृतिका बारेमा जानकारी प्राप्त गरी बिध्यार्थी र अभिभावकहरूलाई सत्य तथ्य जानकारी गराउदै आएको सस्थाका डाइरेक्टर सन्तोष कुमार चौधरीले जानकारी दिए ।

शैक्षिक सत्र २०२१-२२ को लागि भर्ना प्रक्रिया अगाडि बढाउने समयमा फाउन्डेसनले यो स्कलरसिप इन इन्डियन युनिभर्सिटीज् प्रेस मिट एण्ड इन्फर्मेसन सेसनको आयोजना गरेको हो।

भारतीय दुतावास काठमाडौं ले प्रतेक बर्ष मेधावी र मेहनती विद्यार्थीलाई मेरीटको आधारमा सतप्रतिशत छात्रवृतिमा अन्डरग्याजुएट प्रोग्राम बीई इन्जिनियरिङ, फार्मेसी, एग्रिकल्चर, फुड टेक्नोलोजी, र बिएससी नर्सिङका लागि आवेदन माग गरेको छ ।

+2 School
Counseling
Bachelors Portal