SEE Result 2082

भारतीय सहयोगमा कुलेश्वर माविको भवन

काठमाडौँ, १२ असोज (रासस) : भारतीय सहयोगमा काठमाडौँ महानगरपालिका–१४ स्थित कुलेश्वर आवास माविको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा अजय कुमारले जिल्ला समन्वय समितिका अध्यक्ष शिव सुन्दरराज वैद्य र वडाध्यक्ष शोभा सापकोटाको उपस्थितिमा शनिबार भवनको उद्घाटन गर्नुभयो । 

भारत सरकारको नेरु तीन करोड ८६ लाख अनुदान सहयोगमा निर्मित यस तीनतले नयाँ विद्यालय भवनमा २० वटा कक्षाकोठालगायत प्रत्येक तलामा छात्रछात्राका लागि छुट्टै शौचालय, अन्डरग्राउन्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था छ ।

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको सो विद्यालय समुदायबाट सञ्चालित छ । हाल विद्यालयमा ८०० भन्दा बढी विद्यार्थी छन् । कुल विद्यार्थीमा ५० प्रतिशत छात्रा रहेका छन् ।

+2 School
Counseling
Bachelors Portal