SEE Result 2082

प्राथमिक तहको विज्ञापन गर्न बजेट अभाव, मावि सामान्य परीक्षाको नतिजा हुन अझै एक हप्ता लाग्ने

शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणीको शिक्षक छनोटका लागि विज्ञापन गर्न अझै केही दिन ढिला हुने भएको छ । आयोगले आन्तरिक तयारी गरिसकेको भएपनि आर्थिक अभावका कारण विज्ञापन गर्न ढिलाइ भएको जनाएको छ ।

आयोगको बार्षिक कार्यतालिका अनुसार प्राथमिक तहको विज्ञापन प्रतिशत निर्धारण कार्तिकमा र फागुनमा विज्ञापन गर्ने गरी  सार्वजनिक भएको थियो । सम्पूर्ण तयारी सकेर पनि बजेट अभावका कारण विज्ञापन गर्न ढिलाइ भएको आयोग उच्च स्रोतले जानकारी दियो ।

आयोग उच्च स्रोतका अनुसार आयोगले बजेट माग गरेको छ बजेट स्वीकृत भएर आएपछि तत्काल विज्ञापन गर्ने  जनाएको छ ।

आयोगले प्राथमिक तहमा ३ हजार १७९ दरबन्दी रिक्त रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जानकारी दियो । केन्द्रका अनुसार विज्ञापन हुने समय सम्म केही दरबन्दी थप हुन हुनेछन् ।

आयोगले गत चैत्त तीन गते लिएको माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि लिएको विषयगत (सामान्य) परीक्षाको नतिजा सार्वजनिक गर्न अझै एक हप्ता लाग्ने भएको छ ।

भर्खर उत्तर पुस्तिका परीक्षण गर्न सुर गरेको हुनाले अझै नतिजा सार्वजनिक गर्न आठ दिन जति लाग्ने आयोग उच्च स्रोतले जानकारी दियो । आयोग स्रोतका अनुसार सामान्य विषयको उत्तरपुस्तिका ओएमआरबाट परीक्षण गर्ने भए पनि उत्तरपुस्तिका परीक्षण, तथा रुजु गर्न समय लाग्ने आयोगले जानकारी दियो ।

आयोगले गत पुस ८ गते माग गरेको विज्ञापनमा ४३ हजार ८८८ जनाले आवेदन दिएका छन् । कुल  ४४२ (संशोधन सहित) रिक्त दरबन्दीका लागि आव्हान गरेको खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि माग गरिएको दरबन्दी संख्या भन्दा ९९.२९ प्रतिशत बढीले आवेदन दिएका हुन् ।

आयोगका अनुसार प्रदेशगत रुपमा कोशीबाट १० हजार ७५९, मधेशबाट २३९१,बागमतीबाट ९१९६ लुम्बिनीबाट ५०८२, गण्डकीबाट १०२६८, कर्णालीबाट ३४४६ र सुदुरपश्चिमबाट २७४६ जनाले आवेदन दिएका छन् ।

+2 School
Counseling
Bachelors Portal