SEE Result 2082

ख्वप विश्वविद्यालय स्वीकृतिका लागि माग

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कम शुल्कमा चिकित्सा शिक्षा प्रदान गर्न ख्वप विश्वविद्यालय स्थापना गर्न लागेकाले स्वीकृति दिन सरकारसँग माग गर्नुभएको छ ।

ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा भएको शिक्षक–कर्मचारी भेलामा उहाँले लामो समयदेखि ख्वप विश्वविद्यालयको स्वीकृति अड्किएर बस्नु बिडम्बना भएको बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गरी कम शुल्कमा उत्पादन गरेका चिकित्सकले सेवा दिने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले शिक्षक–कर्मचारीले आफ्नो पदीय जिम्मेवारीका साथै समाजको परिवर्तित स्थितिलाई समेत बुझेर काम गरे समस्या समाधान हुने बताउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम संस्थान सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले शिक्षक–कर्मचारी अरुको तुलनामा अब्बल हुनुपर्ने साथै साङ्गठनिक नैतिकतालाई भुल्न नहुने बताउनुभयो ।

+2 School
Counseling
Bachelors Portal