SEE Result 2082

भारतको उद्यमशील सम्मेलनमा लिवर्टी कलेजले सहभागिता जनाउने

भारतको केरेला स्थित लीड कलेज अफ म्यानेजमेन्टमा हुन गईरहेको ‘राष्ट्रिय उद्यमशील सम्मेलन २.० मा लिवर्टी कलेजका विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।

सो कार्यक्रममा दुई ओटा टोलीले आफ्नो विचार प्रस्तुत गर्ने र तीन जना कार्यक्रममा सहभागी गरी ७ जना विद्यार्थी, तीन जना व्यवस्थापन समिति सहितको १० जनाको टोली उक्त कार्यक्रममा जाने भएको हो ।

उक्त कार्यक्रममा उपस्थित हुनको लागि कलेजले व्यापारका विद्यार्थीहरू मध्य एलिभेटर पीचको माध्यमबाट आफ्नो आफ्नो विचार प्रस्तुत गराएको थियो त्यसमध्ये टप ४ ले कार्यक्रममा प्रस्तुति गर्दै छन् भने टप ७ मा पर्ने बाँकी ३ जनाले सहभगिता जनाउने कलेजले जानकारी दियो ।

सो कार्यक्रममा भारतका १०७ र नेपालका ३ गरी जम्मा ११० टोलीले प्रस्तुति दिने छन् । संभावित लगानीकर्ताहरू र संगी नवप्रवर्तकहरूसँग जोडिनको लागि एउटा अद्वितीय प्लेटफर्म प्राप्त गर्ने कलेजको विश्वास छ । जनवरी २६ देखि २८ सम्म हुने यो तीन दिने कार्यक्रम प्रतिस्पर्धा मात्र नभएर युवालाई उद्यमी र उद्यमशीलतासंग जोड्ने आयोजकको विश्वास छ ।

+2 School
Counseling
Bachelors Portal