SEE Result 2082

कपुरकोटका विद्यालयमा पुस्तकालय

सल्यान १२, असोज (रासस) : सल्यानको कपुरकोट गाउँपालिकामा छ विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । 

विद्यालयमा साक्षरता कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विद्यालयमा पुस्तकालय स्थापना गरिएको हो 

कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बिहीबार कालिका मावि कपुरकोटमा पुस्तकालयको उद्घाटन गर्दै गाउँपालिकाका सबै विद्यालयममा क्रमिक रुपमा पुस्तकालय स्थापना गरिने जानकारी दिनुभयो । पुस्तकालयले विद्यार्थीलाई बाहिरी ज्ञानसमेत दिने भएकोले सबै विद्यालयमा स्थापना गर्न आवश्यक भएको बताउनुभयो । 

गाउँपालिकाले स्थापना भएका पुस्तकालयमा पुस्तकको सङ्ख्या थप्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कपुरकोट गाउँपालिकाको समन्वयमा दलित विकास समाज सल्यानले सञ्चालन गरिरहेको साक्षरता कार्यक्रमअन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना गरिएको जिल्ला संयोजक टेकराज शाहीले जानकारी दिनुभयो । 

+2 School
Counseling
Bachelors Portal