SEE Result 2082

त्रिविद्वारा ४७औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवम् पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले पुस पाँच गते हुने ४७ औं दीक्षान्त समारोहमा  पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजर्निक गरेको छ । त्रिविले विभिन्न शीर्षकका स्वर्ण पदक,चान्सलर पदकलगायत विभिन्न शीर्षकका पदकबाट विभिन्न तह, विषयमा उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई विभिन्न पदकद्वारा  दीक्षित गर्नका लागि नामावली सार्वजनिक गरेको हो । 

परीक्षा नियन्त्रण कार्यालय आज सार्वजनिक गरेको सूचनामा समावेश भएका नामावली बाहेक  केही विद्यार्थीको नाम छुटेमा आगामी पुस १ गते भित्र सप्रमाण आवेदन दिन सूचित गरेको छ । 

पुस ५ गते सोमबार आयोजना गरीने ४७ औं दीक्षान्त समारोहमा विश्वविद्यालयबाट लिइएका विभिन्न तह र विषयका परीक्षाहरुमा सर्वप्रथम हुने विद्यार्थीहरुको नमावली सार्वजनिक गरेको हो ।

+2 School
Counseling
Bachelors Portal