SEE Result 2082

साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनुपर्छः शिक्षामन्त्री पोखरेल

महोत्तरी, भदौ ६ (रासस) ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना गराउनका लागि सबैमा आग्रह गर्नुभएको छ । 

आज महोत्तरीको बर्दिवासमा ‘विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि’ विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रममा उहाँले विस २०८६ पछि आधारभूत शिक्षा नलिएको व्यक्तिले राज्यबाट कुनै सुविधा नपाउने हुँदा आजैबाट सबै बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याउन आग्रह गर्नुभएको हो । 

मन्त्री पोखरेलले आफू निजी विद्यालयको पक्षमा नरहेको बताउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने दृढता व्यक्त गर्नुभयो ।  
स्थानीय सरकारलाई बलियो बनाउनु सङ्घीय सरकारको पहिलो प्राथमिकता हो, उहाँले भन्नुभयो, “साक्षर नेपाल घोषणा अभियानलाई सफल बनाउनु हरेक नेपालीको पहिलो दायित्व हो ।” 

मन्त्री पोखरेलले प्राविधिक शिक्षा अनिवार्य भइसकेको बताउँदै श्रम, सीप र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । 

+2 School
Counseling
Bachelors Portal