SEE Result 2082

लोकसेवाको काम प्रभावित हुन सक्ने

काठमाडौँ, १९ पुस (रासस) : सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ । 

लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको पदपूर्तिको कामलाई निरन्तरता दिइरहेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “समायोजनमा लैजानुपर्ने कर्मचारीको पदपूर्ति कहिले हुने भन्ने सरकारले निर्णय गरेको छैन ।” 

आयोगको वार्षिक पात्रोअनुसार पुस महीनामा नायब सुब्बा पदको पदपूर्तिका लागि महीनाको अन्तिम बुधबार विज्ञापन निकाल्ने तयारी भइसकेको उहाँले जानकारी दिनुभयो । समायोजन प्रक्रियामा सरकारले ढिलासुस्ती गरेपछि समायोजनमा जान नपर्ने अधिकृत तहका कर्मचारीको पदपूर्ति असोजमा हुनुपर्ने भए पनि मङ्सिरमा मात्र लिइएको थियो । 

आयोगको वार्षिक पात्रोअनुसार नासु तहका अप्राविधिक धारका कर्मचारीको पदपूर्ति पुसमा हुने उल्लेख छ भने मागमा प्राविधिक धारका कर्मचारीको पदपूर्ति हुने उल्लेख छ । 

+2 School
Counseling
Bachelors Portal