SEE Result 2082

निमावि लाइसेन्स लिखित परीक्षाको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)

शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तहको अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८ सार्वजनिक गरेको छ । सय पूर्णाङ्क र ५० उत्तीर्णांक सहित बस्तुगत प्रश्न मात्र सोद्नगरीको पाठ्यक्रम सार्वजनिक गरेको हो । ५० वटा बस्तुगत प्रश्न सोद्नेगरीको पाठ्यक्रम सार्वजनिक गरेको छ । 

नेपालमा विद्यालय शिक्षाको अवस्था र शिक्षण सिकाइ पद्धतिमा आफूलाई समाहित गर्न चाहने व्यक्तिहरूले शिक्षण सेवामा प्रवेश गर्नु पूर्व सञ्चालन गरिने अध्यापन अनुमति पत्रको परीक्षाको प्रयोजनका लागि यो पाठ्यक्रम तयार गरिएको आयोगले जानकारी दियो ।

नेपालको शिक्षा प्रणाली, शिक्षण सिकाइमा आएका नवीनत्तम चिन्तन, बालबालिकाको मनोविज्ञान बुझेर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउने विषय, विद्यालय, समुदाय सम्बन्ध, शिक्षकको पेसागत विकास, शिक्षामा गुणस्तर, शैक्षिक नेतृत्व, कक्षाकोठा व्यवस्थापन, शैक्षणिक योजना, विद्यार्थीका सहायताका क्षेत्रहरु, शिक्षण विधि तथा पद्धति, विद्यार्थीहरुको मूल्याङ्कनका विधि तथा प्रचलन, शिक्षण सिकाइमा अनुसन्धानको अभ्यास, सञ्चार तथा सूचना प्रविधिको प्रयोग र प्रविधिका समसामयिक विषयलाई आधार मानी शिक्षण सिकाइ तथा कक्षाकोठा व्यवस्थापनका क्षेत्रसंग सम्बन्धित भइ यो पाठ्यक्रम तयार गरिएको जनाएको छ ।

 

अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको पाठ्यक्रम, २०७८

+2 School
Counseling
Bachelors Portal