SEE Result 2082

क्वारेन्टाइनमा बसेकालाई एलआरआई स्कुलको सहयोग

काठमाडौँको कलंकीस्थित एलआरआई स्कुलले कोरोनाबाट प्रभावित बनेको सुदूरश्चिम प्रदेशमा ५० थान बेडसेट पठाएको छ ।  

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टमार्फत उक्त सामग्री प्रदान गरिएको हो । सो विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले सुदूपश्चिम सरकारलाई ती सामग्री प्रदान गरेका हुन् ।  

कोरोना भाइरसको संक्रमणसँग लड्न क्वारेन्टाइनमा बसेकाहरूका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको गुठियार पन्तले बताए । विद्यालयले ५० थान शय्या, ५० थान डसना, ५० थान सिरानी, ५० थान तन्ना, ५० थान सिरक गरी करिव चार लाख रुपियाँ बरावरको सामग्री हस्तान्तरण गरिएको विद्यालयका मुख्य लेखा अधिकृत दीपक जोशीले जानकारी दिए ।

यसअघि विद्यालयले नेपाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा एक लाख रुपियाँ सहयोग गरिसकेको छ । शैक्षिक गुठीअन्तर्गत सञ्चालित उक्त विद्यालयका संस्थापक गुठियार पन्तले मन्त्री भट्टमार्फत १५ हजार थान सर्जिकल पञ्जा तथा मास्क सुदूरपश्चिम प्रदेश सरकारलाई प्रदान गरिसकेका थिए ।

+2 School
Counseling
Bachelors Portal