SEE Result 2082

माछापुच्छ्रे बैंकको ‘एजुकेसन हब’ सेवा

माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।

बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो । उक्त ‘हब’ बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन् ।

बैंकको काठमाण्डौ स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु ग्राहकहरुलाई प्रदान गरिनेछ । अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् साथै कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् ।

विद्यार्थीहरुले सोही ‘हब’बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै PTE, IELTS, GMAT, GRE, TOEFL, SAT, USMLE, ACT, ACCA, Australian Visa Fee, College Application, Seminar Registration, Transcript Order आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्नेछन् ।

यस बाहेक विद्यार्थीहरुले शाखा मार्फत आफुलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ्ग बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् । यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुनेछन् ।

+2 School
Counseling
Bachelors Portal