SEE Result 2082

मदन भण्डारी कलेजको पुस्तकालय सार्वसाधरणका लागि खुला

काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सो कलेजका विद्यार्थीका लागि मात्र नभएर आम सर्वसाधारणका लागि पनि खुला गरिएको छ ।

सामुदायिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले समुदायप्रतिको दायित्व महसुस गरी सबैका लागि पुस्तकालय खुला गर्ने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख डा बाबुराम अधिकारीले जानकारी दिए।

अध्ययन गर्न चाहने जोसुकै अध्येताका लागि पुस्तकालयको सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ । समाज, संस्कृति, साहित्य, भाषालगायत विविध विषयमा नेपाली र अङ्गे्रजी भाषामा लेखिएका करिब १० हजार पुस्तक कलेजको पुस्तकालयमा उपलब्ध छन् ।

पुस्तकालय प्रयोगकर्ताले त्रिवि केन्द्रीय डिजिटल पुस्तकालय र यसमार्फत विश्वका विभिन्न डिजिटल डाटाबेस ‘सर्च’ गरी अध्ययन गर्न पाइने प्रबन्ध मिलाइएको निमित्त क्याम्पस प्रमुख डा अधिकारी बताए । अध्ययन, अनुसन्धान तथा खोज कार्यलाई प्रश्रय दिन कलेजले ‘जर्नल अफ प्रोडक्टिभ डिस्कोर्स्’ र ‘श्वेतशार्दूल’ जस्ता जर्नल पनि प्रकाशन गर्दै आएको छ । यस कलेजले समयसमयमा काठमाडौँबाहिरका विभिन्न शैक्षिक संस्थाको पुस्तकालय क्षमता अभिवृद्धिका लागि सहयोगस्वरूप पुस्तक पनि उपलब्ध गराउँदै आएको छ ।

+2 School
Counseling
Bachelors Portal