SEE Result 2082

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयः ३० अर्व रुपैंया खर्च लाग्ने

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक संरचना तयार गर्न ३० अर्व रुपैंया बजेट लाग्ने अनुमान गरिएको छ ।

विश्वविद्यालय पूर्वाधार विकास समितका अनुसार यस वर्ष १० करोड ५२ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । आगामी वर्ष ३५ करोड रुपियाँ विनियोजन गर्ने तयारी थालिएको छ । चितलाङमा विश्वविद्यालय निर्माणका लागि विकास समिति गठन गरी काम अगाडि वढाइएको छ ।

विश्वविद्यालयको लागि पहिचान भएको ७४० रोपनी जग्गामध्ये १८० रोपनी जग्गाको भोगाधिकार प्राप्त भइसकेको छ । विश्वविद्यालयमा चार हजार विद्यार्थीले बढ्ने गरी गुरुयोजना अघि सारीएको छ ।

यस्तै, विश्वविद्यालयको लागि पाँचखाला र नमोवुद्धमा करिव ११ हजार रोपनी जग्गा प्राप्त गर्ने निर्णय भएको छ । यसैवर्षदेखि वहुउद्धेश्ययीय भवन निर्माण कार्य बढाइने भएको छ । पर्यटन, उर्जा तथा जलस्रोत, सूचना तथा सञ्चार प्रविधि, पहाडी अर्थतन्त्रलाई विश्वविद्यालयले प्राथमिकतामा राखेको छ ।

अनौठा अनौठा प्रस्ताव

सो विश्वविद्यालयका कुनै पनि कर्मचारी स्थायी प्रकृतिका हुनेछैनन् ।

यस्तै, गैरआवासीय नेपाली नागरिकसमेत सो विश्वविद्यालयको अध्यक्ष बन्न सक्ने भएका छन् । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ संसद्बाट हुबहु पारित भए गैरआवासीय नेपालीसमेत विश्वविद्यालयको पदाधिकारीमा नियुक्त हुन सक्ने प्रावधान अघि सारिएको छ । विधेयकमा विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने उल्लेख छ । विश्वविद्यालयलाई योगदान पुर्‍याउन सक्ने जोसुकैलाई पदाधिकारीमा मनोनयन गर्न सक्ने विधेयकमा उल्लेख छ । विधेयकमा गैरआवासीय नागरिकलाई संरक्षक, संरक्षक समितिको सिफारिस समितिको सदस्य, अध्यक्ष, उपाध्यक्ष, प्राज्ञिक परिषद्, विश्वविद्यालयका तोकिएका पदाधिकारी, अध्यापक वा अनुसन्धानकर्ताका रूपमा काम गर्न नियुक्ति वा मनोनयन गर्न सक्ने भनिएको छ ।

मदन भण्डारी विश्वविद्यालयको आर्थिक स्रोत जुटाउन निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने प्रावधान अघि सारिएको छ ।

विश्वविद्यालयले विज्ञान तथा प्रविधि, मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानुन र न्यायलगायत विषय र क्षेत्रमा अध्ययन अध्यापन गराउने ध्येयका साथ स्थापना हुन लागेको विधेयकमा भनिएको छ ।

केहि सांसदहरुले मदन भण्डारी आश्रीत विश्वविद्यालय बनाउनुपर्ने प्रस्ताव सहित संसोधन दर्ता गराएका छन् । सांसद भरतकुमार शाहले विधेयकमा उल्लेखित संरक्षक समितिको सट्टा विश्वविद्यालय परिषद् शब्द राख्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

सांसद खगराज अधिकारीले संरक्षक समिति हटाई विश्वविद्यालय सभा नाम राख्नुपर्ने बताए ।

यस्तै, सांसद प्रेम सुवालले मदन भण्डारी नामनै हटाउनुपर्ने भन्दै विज्ञान तथा प्रविधि विश्वविद्यालय राख्नुपर्ने भन्दै संसोधन प्रस्ताव दर्ता गराएका छन् ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलका क्रममा समितिका अध्यक्ष प्रा. राजेन्द्रध्वज जोशीले विश्वविद्यालयलाई विज्ञान र अनुसन्धान गर्नेहरुका लागि थलो बनाइनुपर्ने बताए । उनले त्यसका लागि भौतिक पूर्वाधारका कामहरु अघि बढेको समेत बताए । २२ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएको संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal