प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ

म्याग्दे गाउँपालिका–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन तथा पूर्वाधार निर्माणका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ आयोजना गर्ने भएको छ । आगामी फागुन ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञानमहायज्ञ गर्न लागिएको विद्यालयले जनाएको छ । 

प्राविधिक शिक्षा पढ्नका लागि यहाँका बालबालिका पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता अन्त्य गरी यही नै यस्तो सुविधा उपलब्ध गराउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयराज खनालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यस क्षेत्रमा प्राविधिक शिक्षाको माग छ, यहाँका बालबालिका प्राविधिक शिक्षा पढ्नका लागि अन्यत्र जानु नपरोस् भनेर प्राविधिक शिक्षा सञ्चालनार्थ महायज्ञमार्फत रकम सङ्कलन गर्न लागेको हौँ ।” महायज्ञका लागि १०८ सदस्यीय मूल समारोह समिति र ५२ विभिन्न उपसमिति गठन गरिएको छ । 

महायज्ञबाट करीब रु तीन करोड सङ्कलन गर्ने लक्ष्य रहेकोे विद्यालयले जनाएको छ । बालयोगेश्वर महाराज प्रमुख वाचक रहने महायज्ञमा विवाह, ब्रतबन्ध, तुलादान, चौरासीपूजा, लक्ष्यवर्तीलगायत कार्यक्रम सञ्चालन हुनेछन् । महायज्ञमा दान दिने दानवीरलाई सम्मान गरिने विद्यालयले जनाएको छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal