मैयादेवी कन्या कलेजलाई अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड सहयोग

चितवन, २ असोज (रासस) : यहाँको मैयादेवी कन्या कलेजलाई अमेरिका निवासी प्रा डा कृष्णलालभाइ प्रधानले रु एक करोड एक हजार १११ सहयोग गर्नुभएको छ। 

नेपालमा आएको समयमा उहाँले कलेजका संरक्षक मैयादेवी श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो ।  सो अवसरमा सह–संरक्षक प्रेमकुमार श्रेष्ठ, सञ्चालक समिति अध्यक्ष टङ्कनाथ पौडेल र प्राचार्य भङ्कबहादुर गुरुङ पनि सहभागी हुनुहुन्थ्यो ।

कलेजका अध्यक्ष पौडेलका अनुसार दाता प्रधान नाताले संरक्षक श्रेष्ठका भाइ हुनुहुन्छ । 

श्रेष्ठकै निवासमा पुगेर प्रधानले सो चेक हस्तान्तरण गर्नुभएको उहाँले जानकारी दिनुभयो । 

सङ्कलित रकमलाई गरीब र जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष खडा गरिने र सो कोषमा रकम थप गर्दै लगिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो । समाजसेवी श्रेष्ठले स्थापना गरिदिनु भएको सो कलेजमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।

+2 School
Counseling
Bachelors Portal