SEE Result 2082

त्रिचन्द्र बचाउन मार्चपास

२०७२ सालको भूकम्पले जीर्ण बनेको त्रिचन्द्र क्याम्पस बचाऔँ अभियानमा ऐक्यबद्धता जनाउँदै आज नेपाली  विद्यार्थी संघ ९नेविसंघ० ले र्याली निकालेको छ । 

केही समयदेखि त्रिचन्द्र बचाउ अभियान सञ्चालन गर्दै आएको संघले आज मार्च पास गरेको हो । सरकारले चिन्द्रको  जीर्णोद्धारका लागि चासो नदिएपछि विद्यार्थीहरू सडका उत्रिएक हुन् ।

शुक्रबार क्याम्पस परिसरबाट सुरु भएको मार्च रत्नपार्क, रानीपोखरी, जमल हुँदै पुनः क्याम्पस मै पुगेर कोडसभा परिणत भएको थियो । विसं. १९७५ सालमा उच्च शिक्षा दिने उद्देश्यले त्रिचन्द्र कलेजको स्थापना भएको थियो। सय वर्षभन्दा बढी लामो इतिहास बोकेको क्याम्पस जीर्ण बन्न थालेपछि संरक्षण एवम जीर्णोद्धारका लागि दबाब दिन विद्यार्थी बाध्य भएको विद्यार्थीको दाबी छ । 

जसअन्तर्गत गत मंगलबार बिहान त्रिचन्द्र क्याम्पसका जिर्ण भवन र घण्टाघरमा सेभ त्रिचन्द्र लेखिएका ब्यानर टाँगिएको थियो ।यही अभियान अन्तर्गत क्याम्पस परिसरमा कविता, गीत, गजल वाचनको कार्यक्रम पनि राखिएको छ ।

+2 School
Counseling
Bachelors Portal