SEE Result 2082

तेस्रो सेमेस्टरको सत्रान्त परीक्षा फाराम भर्ने सम्बन्धी जरूरी सूचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय

डीनको कार्यालय बल्खु, काठमाडौँ

तेस्रो सेमेस्टरको सत्रान्त परीक्षा फाराम भर्ने सम्बन्धी जरूरी सूचना 

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालयबाट सञ्चालित स्नातकोत्तर तहको शैक्षिक वर्ष २०१८ का नियमित तथा सोभन्दा अघिका आंशिक परीक्षार्थीहरूको तेस्रो सेमेस्टरको सत्रान्त परीक्षा आगामी भाद्र अन्तिम हप्ताबाट सञ्चालन हुने भएकाले सम्वन्धित सबै विद्यार्थीहरूलाई २०७६ साल साउन २७ गतेसम्ममा आ-आफ्नै क्याम्पस/विभागमा परीक्षा फाराम भर्नका लागि सूचित गरिन्छ । साथै, सम्बन्धित क्याम्पस/विभागहरूले फारामहरू रुजु गरी अंग्रेजीको वर्णानुक्रमानुसार मिलाई प्रति विद्यार्थी रु. १५००/- (एक हजार पाँच सय) का दरले यस सङ्कायको नेपाल बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं. ०४५००१०००९९०४५०००००१ मा जम्मा गरी सक्कल भौचर र आन्तरिक मूल्याङ्कन सहित अनिवार्यरूपले साउन ३० गतेभित्र यस कार्यालयमा पठाउनुहुन समेत अनुरोध गरिन्छ। 

१. परीक्षा आवेदन फाराम यस कार्यालयबाट प्राप्त गर्न सकिने छ । साथै, यस कार्यालयको Website: www.tufolhss.edu.np बाट Download गरी प्राप्त गर्न सकिने छ।

२. आन्तरिक मूल्याङ्कन छुट्टै खाममा सिलबन्दी गरी पठाउनु हुन अनुरोध गरिन्छ । आन्तरिक मूल्याङ्कन नभएका परीक्षार्थीहरूको परीक्षा फाराम बुझिने छैन

३. परीक्षार्थीहरुले त्रि.वि, दर्ता नं. अनिवार्यरूपमा परीक्षा फाराममा उल्लेख गरेको हुनुपर्ने छ, अन्यथा त्रि.वि. दर्ता ने, नभएका परीक्षार्थीहरूको परीक्षाफल प्रकाशित नहुने व्यहोरा समेत जानकारी गराइन्छ।

सहायक डीन

+2 School
Counseling
Bachelors Portal