SEE Result 2082

स्नातकोत्तर (M.Ed, MBS, MPA & MA) तह दोश्रो वर्षको परीक्षा तालिका २०७६

त्रिभुवन विश्वविद्यालय

परीक्षा नियन्त्रण कार्यालय, बल्खु

Exam Schedule : Master's Level 2nd Year-2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन (एम.वी.एस., एम.पी.ए.) र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोश्रो वर्षको आंशिक, प्राइभेट पुरा तथा आंशिक र २०६२ सालमा क्याम्पस भर्ना भई २०६३ सालमा प्रथम वर्षको परीक्षा पहिलो पटकदिई समयाअवधि नाघी हालसम्म उत्तीर्ण हुन नसकेका मौका परीक्षादिने परीक्षार्थीहरू समेतको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ|

परीक्षा समय :  ११ः०० बजे देखि दिउँसो ३ः०० बजेसम्म

 परीक्षा तालिका यहाँ उपलब्ध छ : 

विशेष सूचना

यसै कार्यक्रमानुसार स्नाकोत्तर तह दोस्रो वर्षकोे परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भएमा त्यस्ता क्याम्पसका विद्यार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोब्बर दस्तुर सहित २०७६ पुष १७ गते सम्ममा भराई आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम २०७६ पुष २०गते भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाई सक्नु पर्नेछ र प्राईभेट विद्यार्थीका हकमा दोब्बर दस्तुर सहित २०७६ पुष २१,२२ र २३ गते भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम भरी बुझाई सक्नुहुन सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ ।

द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थितहुने परीक्षार्थीहरूका निमित्त पुनःअर्काे व्यवस्था गरिने छैन ।

२. कुनै अप्रत्याशित बिदापर्न आएमापनि त्रि.विको पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।

३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ । 

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।

५.परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृतिलिई प्रयोग गर्नुपर्नेछ । 

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 

७. परीक्षा भवन भित्र मोवाइलफोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न पाइने छैन । 

+2 School
Counseling
Bachelors Portal