SEE Result 2082

जेठदेखि विद्यालयमा हाजिर नहुने शिक्षकलाई सेवाबाट हटाउँदै महानगर

काठमाडौं महानगरपालिकाले शिक्षक ज्योती पाण्डेयलाई सेवाबाट हटाउने सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं। ७ स्थित पशुपति मित्र माध्यमिक विद्यालयका माध्यमिक शिक्षक श्री सम्बन्धी सूचना

काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित तरुण माध्यमिक विद्यालय, बालाजुमा माध्यमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्ष्ँक पाण्डेयलाई गत भदौ १९ गतेको निर्णयानुसार श्री पशुपति मित्र माध्यमिक विद्यालय, चावहिलमा सरुवा गरिएकोमा उनी हाजिर हुन नगएपछि सेवाबाट हटाउने निर्णय गरेको हो ।

शिक्षक पाण्डेलाई गत जेठ ८ गतेदेखि साविकको विद्यालय र सरुवा भएको विद्यालय कतै पनि उपस्थित भई कामकाज गरेको नदेखिएको साथै पटक पटक पत्राचार, सार्वजनिक सूचना प्रकाशन र जानकारी गराउँदा समेत अटेर गरी सरुवा गरिएको विद्यालयमा नगई सूचनाको बेवास्ता गरेको र पदीय दायित्व पूरा नगरेको भन्दै महानगरले सेवाबाट हटाउने निर्णय गरेको हो ।

 शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) उपदफा (५) बमोजिम नोकरीबाट हटाउने प्रक्रिया अघि बढाउन महानगरले सूचना जारी गरेको छ । पन्ध्र दिनभित्र स्वयं उपस्थित भई हटाउनु नपर्ने भएमा कारण पेस गर्न र अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा ऐन, २०२८ को दफा १६ (ङ) को उपदफा ५ को खण्ड (ख) र (ग) बमोजिम नोकरीबाट हटाउन आवश्यक प्रक्रिया अगाडि बढाउने सूचनामा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal