SEE Result 2082

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव स्थगित, नेविसंघको आपत्ति

मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को  भोलि हुने भनिएको निर्वाचन  स्थगित भएको छ ।

उच्च अदालत सुर्खेतले बिहीबार निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि चुनाव स्थगित भएको हो । विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै निर्वाचन स्थगित गर्न माग राखेर दायर गरेको रिटमा अदालतले यस्तो हमदेश् दिएको छ ।

न्यायाधीश मदन पोखरेलको एकल इजलासले यो विषयमा अन्तरिम आदेश छलफलका लागि असोज ६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । त्यति बेलासम्म सुविधा सन्तुलनका दृष्टिले चुनाव स्थगित गर्नु उपयुक्त हुने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको अदालतले जनाएको छ ।

यसै विच नेपाल विद्यार्थी संगठनले भने चुनाव रोकेको भन्दै आपत्ति जनाएको छ । निर्वाचनको पूर्वनिर्धारित कार्यतालिका अनुसार  मतदाताको प्रथम नामावलीमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी विएस्सी बायोलोजी समूह पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको नाम मतदाता नामावलीमा समावेश नहुनु, नामावलीमा नाम छुटेका विद्यार्थीहरूले मौखिक जानकारी गराउँदा समेत निर्वाचन समितिले कुनै सुनुवाइ नगर्नु जस्ता कारणले निर्वाचन रोकिन पुगेको  नेविसंघले जारी गरको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  नेविसंघको विज्ञप्तिमा षडयन्त्रपूर्ण ढंगले चुनाव रोकिएको आरोप लगाइएको छ । अदालतको आदेशका बारेमा भने विज्ञप्तिले केही बोलेको छैन ।

+2 School
Counseling
Bachelors Portal