SEE Result 2082

मध्यपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन स्थगित गर्यो

मध्यपश्चिम विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले विश्वविद्यालय अर्न्तगतका केन्द्रीय विभाग, स्कुल तथा सम्पूर्ण आंगिक क्याम्पसहरुको स्ववियु। निर्वाचन स्थगन गरेको छ ।

 विश्वविद्यालय कार्यकारी परिषद्कोहिजो बसेको वैठकको निर्णय नं. १२४७ बमोजिम ‘मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन’ निर्वाचन समितिको निर्णयका आधारमा निर्वाचन सम्पन्न गर्न सहज अवस्था नभएकोले उक्त पूर्व निर्धारित स्व।वि।यु। निर्वाचन स्थगन गर्ने निर्णय गरेको हो ।

विश्वविद्यालय अर्न्तगतका केन्द्रीय विभाग स्कुल तथा सम्पूर्ण आंगिक क्याम्पसहरुमा स्ववियु निर्वाचन र सम्पूर्ण विद्यार्थी संघ संगठनहरुसँग आवश्यक छलफल एवं परामर्श गरी उपयुक्त समयमा निर्वाचनको मिति निर्धारण गर्ने जारी सूचनामा उल्लेख गरिएको छ ।

 

+2 School
Counseling
Bachelors Portal