SEE Result 2082

मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने

मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय तथा क्याम्पस-स्कुलमा हुने लैंगिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यका साथ विश्वविद्यालयले अभियान सञ्चालन गर्न लागेको हो ।

सामाजिक सचेतना कार्यक्रम, महिला हिंसा विरुद्धको रक्षात्मक कला प्रदर्शन र लैंगिक हिंसा सम्बन्धी समस्या सुन्ने, आवश्यक सहयोग गर्ने तथा अध्ययन अनुसन्धान गर्नका लागि स्थायी एमयू सक्रियता केन्द्र  स्थापना गर्ने  भएको छ ।

 उक्त कार्यक्रम् सञ्चालन गर्नका लागि विश्वविद्यालय ग्र्याजुएट स्कुल अफ एडुकेसनका उप(प्राध्यापक कल्पना पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको उपकुलपति प्राडा। नन्द बहादुर सिंहले जानकारी दिए ।

विश्वविद्यालयका उपकुलपतिज्यूको संरक्षत्व तथा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष, रजिष्ट्रार, विश्वविद्यालय सेवा आयोगका सदस्य, डिन, कार्यकारी निर्देशक, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, प्राचार्य, विभागीय प्रमुखरसंयोजक, निर्देशक तथा क्याम्पस प्रमुख सल्लाहकारको भूमिकामा रहने उपकुलपति सिंहले बताए ।

विश्वविद्यालयको यो अभियान सरकार तथा संयुक्त राष्ट्र संघलाई समेत लैंगिक हिंसा न्यूनीकरणका राष्ट्रिय एवं अन्तरर्राष्ट्रिय कार्य र नीति निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ् अगाडी बढुने विश्वविद्यालयको विश्वास छ ।

+2 School
Counseling
Bachelors Portal