SEE Result 2082

मध्यपश्चिमाञ्चल विश्वविद्यालय आजदेखि सञ्चालनमा

गत चैत्र १० देखि बन्द गरिएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय आजदेखि सञ्चालनमा आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) को हुन सक्ने संभावित संकमण, प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्नका लागि विश्वविद्यालयका सवै निकायका कार्यालय, क्याम्पस र स्कुलहरुको स्तगित सम्पूर्ण शैक्षिकगतिविधि आजदेखि सञ्चालनमा आएको हो ।

सरकारले साउन ६ गते राती १२ बजेदेखि बन्दाबन्दी अन्त्य गर्ने निर्णयसंगै विश्वविद्यालयका सम्पूर्ण गतिविधि सञ्चालनमा आउने भएका हुन् ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयले आज एक विज्ञप्ति जारी गरी अध्ययनरत विद्यार्थीहरुको पठनपाठन र पुस्तकालय संञ्चालन लगाएत नेपाल सरकारले निषेध गरेका कार्यहरु बाहेक अन्य सवै कार्यहरु संञ्चालन गर्ने गरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका सवै क्याम्पसहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई पालना गर्दै आजैका मितिदेखि सञ्चालनमा आएको जानकारी गराएको छ ।

+2 School
Counseling
Bachelors Portal