SEE Result 2082

मध्यपश्चिम विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा कार्यक्रम स्थगित

मध्यपश्चिम विश्वविद्यालयले पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु एक हप्ताका लागि स्थगित गरेको छ । साउन १२ गते देखि सञ्चालन हुने स्नातक तह र साउन १३ गते देखि सञ्चालन हुने स्नातकोत्तर तहको सत्रान्त परीक्षा लगायत यस अघि प्रकाशित अन्य संकाय तर्फका परीक्षा स्थगित गरेको हो ।

विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले हिजो एक सूचना जारी गरी वार्ता टोली र विद्यार्थी संघ संगठनहरुका प्रतिनिधिहरु बीच छलफल हदा थप केही दीन आपसी सम्वाद गर्नुपर्ने देखिएकोले परीक्षा स्थगित गरिएको उल्लेख गरेको छ । विश्वविद्यालयमा कृयाशील विभिन्न विद्यार्थी संघ संगठनका मागहरु प्रति विश्वविद्यालय प्रशासन गम्भीर भएको हुँदा समस्या समाधान गर्ने सम्वन्धमा उच्च स्तरीय वार्ता टोलीको अनुरोधमा परीक्षा स्थगित गरिएको परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्द प्रसाद सुबेदीले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal