SEE Result 2082

सीटीईभीटीका बारे गुनासो सप्रमाण जानकारी गराउन मन्त्रीको अपिल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बारे कुनै गुनासो भए जानकारी गराउन अपिल गरेकी छन् ।

केही समय अघि सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री भट्टराईले गुनासो भए तत्काल जानकारी दिन अपिल गरेकी हुन् ।

सीटीईभीटीसँग सम्बन्धित सम्बन्धन, परीक्षा प्रमाणपत्र लगायतका काममा कार्यालयका प्रमुख, निर्देशक र कर्मचारीले अनावश्यक दबाब दिएको गुनासो आउने गरेका छन् ।

त्यस्तै काममा ढिलाइ गरेको र लेनदेनसमेत गर्ने गरेको गुनासा आएको भन्दै यदि कोहीकसैबाट यस्तो भएको भए स–प्रमाण मन्त्रालयमा जानकारी गराउन अनुरोध गरेकी हुन् ।

उनले आफ्नो सचिवालयको इमेल ठेगाना  secretariat.minister@moest.gov.np वा सिधै फोन नम्बर ९८४१५४९४२८, ९८४६२६१५३९, ९८५१३६२८४४, ९८५१३५९७८१ मा फोन गरेर जानकारी समेत आग्रह गरेकी हुन् ।

+2 School
Counseling
Bachelors Portal