SEE Result 2082

चार विश्वविद्यालयको सम्बन्धन तथा नियुक्ति प्रक्रिया रोक्न मन्त्रालयको निर्देशन (निर्देशन पत्रसहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय उच्च शिक्षा शाखाले चार विश्वविद्यालयलाई सम्बन्धन, नियुक्ति, कार्यक्रम थप लगायतका कार्य रोक्न विश्वविद्यालय अनुदान आयोगलाई निर्देशन दिएको छ  ।

मन्त्रालयले आयोग आर्फत् मध्यपश्चिम, पोखरा, पूर्वाञ्चल र सुदुरपश्चिम विश्विद्यालयलाई यस्तो निर्देशन दिएको हो ।

ती विश्वविद्यालयमा केही बर्षयता नियुक्ति, सरुवा बढुवा, परीक्षा, तथा सम्बन्धन विस्तार एवं कार्यक्रमतथा विषय थप लगायतका विषयह┐मा निर्धारित प्रक्रिया र मापदण्ड विपरित भएको भन्दै यस्तो निर्देशन दिएको छ ।

 चारओटै विश्वविद्यालयमा भएका काम कारवाहीहरूको लागि आयोगको संयोजनमा मन्त्रालयका प्रतिनिधि समेत रहेको छानबिन समिति गठन गरी प्रतिवेदन पेश गर्न र अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित विश्वविद्यालयको सेवा आयोगको क्षेत्राधिकार भित्र पर्ने बाहेकका अन्य सबै प्रकारका बढुवा तथा सरुवा र सम्बन्धन प्रदान एवं कार्यक्रम विषय थप गर्ने कार्य स्थगन गर्न हस्तक्षेप युक्त पत्र आयोगलाई पठाएको छ ।

ती विश्वविद्यालयलाई निर्देशन सहितको परिपत्र आयोगबाट गर्न गत माघ दुई गतेको सहकुलपति एवं मन्त्रीस्तरीय निर्णय गरेको छ ।

+2 School
Counseling
Bachelors Portal