देउसी भैलो खेलेको पैसा अपाङ्गता भएका विद्यार्थीलाई

हुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका सामग्री सहयोग गरेका छन् ।

दिपावलीका अवसरमा खेलिएको देउसी भैलोबाट उठेको रकमले जाडोबाट बच्नका लागि बालमन्दिर माविमा अध्ययनरत २७ विद्यार्थीलाई न्यानो टोपी तथा पञ्जा सहयोग गरेको सो विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले जानकारी दिए।

यसैगरी सो रकमबाट सोही विद्यालयलाई बल तथा नेट सहयोग गरिएको छ । त्यस्तै देउसी भैलोबाट उठेको रकमले कक्षा १ देखि १० सम्मका कक्षा कोठामा डस्बिन र कुचोसमेत सहयोग गरेको उनले जानकारी दिए । यस्तै विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई पठनपाठनमा सहयोग पु¥याउनका लागि प्रत्येकलाई एक-एकवटा मारकर पेनसमेत सहयोग गरेका छन् ।

Degrees offered in nepal
Counseling
Bachelors Portal