SEE Result 2082

१० हजार भन्दा बढी विद्यालय कर्मचारी र्‍यालीमा

विद्यालय कर्मचारी परिषद्ले आज खुला मञ्चदेखि माइतीघर सम्म र्‍यालीको आयोजना गरी आफ्नो शक्ति प्रर्दशन गरेका छन् । बिहान ९ बजे खुलामञ्चबाट निकालिएको र्‍याली माइतीघरमा पुगेर कोणसभामा परिवर्तन भएको थियो। भदौ १ गते देखि परिषद्ले काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको छ । 

 

पूर्व घोषित कार्यक्रम अनुसार  कर्मचारीहरूले र्यालीको आयोजना गरेका हुन् । र्यालीमा देशभरका  १० हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको  परिषद्ले जानकारी दियो ।

परिषद्को आन्दोलन अहिलेमाइतीघर मण्डलमा पुगेको छ । भदौ गते शिक्षा तथा मानव स्रोत केन्द्रमा धना, दुई गते केन्द्रको मुलगेटमा ताला लगाए पनि पाँच मिनेट नपुग्दै ताला खोलिएको थियो । दिएर सुरु भएको परिषद्को आन्दोलन केही दिन यता माइतीघर मण्डलमा धर्ना दिन पुगेको परिषद् विद्यालय बन्द गर्ने निर्णयमा पुगेको हो ।

परिषद्ले आठ गते सम्म माइतीघर मण्डलामा धर्ना दिने, ९ गते खुला  मञ्चदेखि माइतीघर सम्म विरोध र्याली आयोजना गर्ने, १० र ११ गते डिजिटल आन्दोलन गर्ने, १२ गते देखि १८ गते सम्म देशैभरका सामुदायिक विद्यालय बन्द गर्ने, १९ गते काठमाडौंमा बृहत प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ ।

शिक्षा ऐन २०२८ को संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरेर एक पटकको लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने, सरकारले पूर्ण सेवासुविधाको ग्यारेन्टी, विद्यालय कर्मचारी सहायक (लेखापाल) हरूका लागि रू ३४ हजार ७३० मासिक तलब र दुई हजार रूपैयाँ महंगी भत्ता गरि जम्मा रू ३६ हजार ७३० पारिश्रमिक, विद्यालय सहयोगीलाई रू २४ हजार २१० र महंगी भत्ता दुई हजार गरि रू २६ हजार २१० तलब दिनुपर्ने लगायतका माग सहित ६ दिन यता विद्यालय कर्मचारी परिषद् काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएको छ ।

संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविछिन्न सेवामा कार्यरत विद्यालय कर्मचारीहरूलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्धको माग गर्दै सुरु गरिएको आन्दोलनको स्वरुप फेरिने संकेत परिषद्ले दिएको छ ।

+2 School
Counseling
Bachelors Portal